एशियन लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

सोमवार, भदौ २५, २०७५



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एशियन लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंककाग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २४४ वटै शाखाहरुबाट सहज रुपमा एशियनलाई फइन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू.१८६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५६अर्बतथाकर्जारू. १३०अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank