एनआई सी एशियाकाे तीन नयाँ शाखा मार्फत सेवा सु्ुभारम्भ

बिहिबार, साउन ३१, २०७५



काठमाडौं । एनआई सी एशिया बैंकले तीनवटा नयाँ शाखा मार्फत एक सात सेवा शुभारम्भ गरेको छ । धादिङको धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोलाशाखा र धुनिबेशी न.पा. वडा नं. ६,धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र थाक्रे गाउँपालिका वडा नं.६, महादेवबेशीस्थित महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बुधबार एक कार्यक्रमकाबीच शाखाको उद्घाटन गरेका हुन् ।

बैंकलाई आम नागरिकले गरेको विश्वासका आधारमा बैंकले मुलुक भर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक जनाएको छ ।
बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हाल सम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments