एनआइसी एसिया र प्रुडेन्सियलइन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

आइतवार, असार २४, २०७५



काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले प्रुडेन्सियलइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुलाई मुलुकभर फैलिएको २ सय २५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिलइन्स्योरेन्स कम्पनीको निर्जिवन बिमापोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरेका छन् ।

बैंकलाई जनविश्वासको स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय २५शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १७६अर्ब भन्दा बढीपुगेको छ भने कुलनिक्षेप करिब रू. १ सय ५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १ सय २० अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल बनेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

62 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank