एनआईसी एशिया बैंकद्वारा सोलार बत्ती तथा क्यामरा हस्तान्तरण

आइतवार, असार २४, २०७५



काठमाडौं । एनआई सी एशिया बै‌क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा CCTV  क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा यस एनआई सी एशिया बै‌ककाका.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथा CCTV क्यामराहरु हस्तान्तरण गरे ।

यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणकोे दैनिक कृयाकलापमा सहयोग पु¥याउने हुनाले उक्त कार्यको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठज्यूले प्रशंसा गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१ सय ७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हाल सम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

212 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank