एन आई सी एशियाका थपिए ९ नयाँ शाखा
बुधबार, जेष्ठ ३, २०७४

काठमाडौं । एन आई सी एशिया बैंकको विभिन्न ९ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ आज एक समारोहका बिच उद्घाटन गरिएको छ । यी ९ शाखाको उद्घाटनसँगै एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाइ देशभरीका १०७ वटा शाखाहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
585 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments