एकै दिन नेपाल इन्भेष्टमेण्ट बैंकका दुई शाखा स्थानान्तरण

बुधबार, चैत्र १४, २०७४



काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।

नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा नेपाल इन्भेष्टमेण्ट बैंकको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

चार वटा एक्स्टेन्सन काउन्टर तथा नौ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र खोलेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६१ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको पुष मसान्तको वित्तिय विवरण अनुसार निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु. १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ‘दि बैंकर’, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैंक अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ‘क’ वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।

144 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank