नेपाल इन्भेष्टमेन्ट बैंकको १६ औं एक्सटेन्सन काउन्टर कुसोममा

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ ।

नयाँ सुविधाको नेपाल इभेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले एक समारोहका बीच संयुक्त रूपमा उद्घाटन गरे ।

काठमाडौं युनिभर्सिटी परिसरमा यो एक्सटेन्सन काउन्टरको विस्तारले दुई प्रतिष्ठानहरूबीचको दिर्घकालीन साझेदारीको महत्वलाई प्रकास पारेको छ । यो एक्सटेन्सन काउन्टरमार्फत् विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरू बीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२४ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहित बैंकिङ काउन्टर तथा २७३६ प्वाइन्ट अफ सेल्स (पीओस) केन्द्रहरूमार्फत आफ्ना ग्राहकलाई सेवा पु¥याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा ‘बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata