नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औं वर्षगाँठ पूरा-यस्ता छन् बैंकका सेवा

मङ्लबार, फाल्गुन १४, २०७५



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिडेटले आफ्नो स्थापनाको ३३ औं वर्षगाँठ पूरा गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले  आफ्नो ३३ वर्षे कार्यकालमा हजारौं ग्राहकहरुको मन जित्न सफल बनेको छ ।

सन् १९८६ मा स्थापना भएको बैंकले व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई ध्यानमा राख्दै आफ्नो सेवा अघि बढाइरहेको छ । ग्राहक सुविधालाई मध्यनजर गर्दै बैकले हाल सम्म ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पीओसए मेसिनबाट सेवा दिइरहेको छ ।

बैंकले आफ्नो ३३ औ वाषिर्कोत्सवको उपलक्ष्यमा एनआईबीएल क्रमिक मुद्दती खाता शुभारम्भ गरेको छ । एनआईबीएलको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन् ।

हरेक महिना न्युनतम रु ३३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्ने छ । थोरै थोरै नगद जम्मा गरेर पनि मुद्दती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको छ ।

त्यस्तै बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले ‘आजैबाट बैंकसँगको नाता- मेरो आफ्नै बचत खाता’ नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि एनआईबीएलले जानकारी मूलक बालचित्र कथा प्रकाशनमा ल्याएको हो ।

त्यस्तै ३३औं वाषिर्कोत्सवको अवसरमा एनआईबीएल प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत cash Back offer ३३ दिनका लागि प्रदान गरिदै छ । यसमा सर्तहरु लागु हुने  बैंकले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments