नेयमार भित्र्याउन बार्सिलोनाको नयाँ प्रस्ताव

बुधबार, भदौ ११, २०७६



एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पूर्व स्ट्राइकर नेयमारलाई भित्र्याउन पेरिस सेन्ट जर्मेन (पीएसजी) समक्ष १ सय ५३ मिलियन पाउण्डको प्रस्ताव राखेको छ ।

बार्सिलोनाले फरवार्ड उसमान डेम्बेलेलाई समेत नेयमारसँगको सम्झौतामा साट्न सकिने प्रस्ताव गरेको छ ।

बार्सिलोना र पीएसजीका पदाधिकारीले नेयमारका विषयमा छलफल गरेका छन् । पीएसजीलाई बार्सिलोनाले दुई किस्तामा तिर्नुपर्ने उल्लेख छ । तर दुवै पक्ष सम्झौतामा पुग्न भने सकेका छैनन् ।

ब्राजिलका २७ वर्षीया फरवार्ड नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पीएसजी गएका थिए ।

बार्सिलोनाका निर्देशक जाभियर बोर्डासले पनि आफूहरु सहमतिको नजिक रहेको बताएका छन् । नेयमारलाई भित्र्याउन अर्को स्पेनिस क्लब रियल मड्रिडले पनि कोशिस गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata