चीनलाई ओभरटेक गर्दै इटाली, पछिल्लो दुई दिनमा हजार जनाको मृत्यु

कोरोनाको कहर :

शुक्रबार, चैत्र ७, २०७६



एजेन्सी  ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)को कारण युरोपेली मुलुक इटालीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

बिहीबारसम्म कोरोनाको कारण सबैभन्दा बढी मृत्यु हुनेको संख्या छिमेकी देश चीनमा रहेकोमा पछिल्लो २ दिनमा इटालीमा मात्रै करिब १ हजार जनाको मृत्यु भएकोपछि सबैभन्दा बढी मर्नेको संख्या इटालीमा पुगेको हो ।

इटालीमा कोरोना लागेका मध्ये करिब ९ प्रतिशतको मृत्यु भएको छ । इटालीमा ४१ हजार ३५ जना संक्रमित हुदा मर्नेको संख्या ३ हजार ४ सय ५ जना पुगेको छ । चीनमा भने ८० हजार ९ सय ६७ जना संक्रमित हुँदा ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

इटाली र चीनपछि बढी मृत्यु हुनेमा इरान रहेको छ । इरानमा हालसम्म १८ हजार ४ सय ७ जना संक्रमित हुँदा १ हजार २ सय ८ जनाको मृत्यु भएको छ ।

हालम्म विश्वका १७९ मा देशमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ भने संक्रमण हुनेको संख्या २ लाख ४५ हजार ६ सय भन्दा माथि माथि रहेको छ  । यसमध्ये ८८ हजार ४ सय ३७ जना व्यक्ति उपचार पश्चात घर फर्किएका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments