एमाले नेता बडाललाई हृदयघात

शुक्रबार, बैशाख २९, २०७४



काठमाडौं । एमाले नेता केशव बडाललाई हृदयघात भएको छ । हृदयघातपछि उनलाई अस्पताल भर्ना गरिएको छ । दिउँसो काठमाडौंस्थित आफ्नै निवासमा रहेका बेला हृदयघात भएपछि उनलाई अस्पताल पुर्‍याइएको बडालका भतिजा रमेश बडालले दिए ।

बडाललाई तत्काल अस्पताल पुर्‍याई उपचार शुरु गरिएकाले अहिले उनको अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् । बडालको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

4047 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank