सिटिइभिटीको सदस्य सचिवका लागि आधा दर्जन निर्देशकहरु दौडधुपमा, दुुई करोडमा मोलमोलाई !

बुधबार, पुस २०, २०७३



काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिव बन्न परिषदभित्रकै आधा दर्जन निर्देशकहरु दौडधुपमा लागेका छन् ।
शिक्षा मन्त्रालयले परिषदको सदस्य सचिव छनौटका लागि बनाएको समितिले एक महिनाको म्यादसहित इच्छुकहरुका लागि दरखास्त आह्वान गरेपछी प्रतिश्पर्धीहरुले राजनीतिक लबिङलाई तिब्र बनाएका हुन ।

परिषद्कै पुर्व सदस्य सचिव तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य प्रा.डा.जोशी संयोजक रहेको सदस्य सचिव सिफारिस समितिमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र पुर्व सचिव जनार्दन नेपाल सदस्य रहेका छन् ।

समितिले प्रतिश्पर्धीहरुलाई विस्तृत प्रस्तावसहित यही २५ गते भित्र दरखास्त पेश गर्न अन्तीम समयसिमा तोकेको छ ।

काँग्रेस काँग्रेसबीच मारामार
परिषद्को सदस्य सचिवका लागि सत्तारुढ नेपाली काँग्रेस निकट कर्मचारीहरु बलियो देखिएका छन् । हाल परिषदको निर्देशक रहेर विभिन्न शाखाहरुको जिम्मेवारीमा रहेकाहरुले दौडधुुपलाई तिव्रता दिएको स्रोतले जनाएको छ । पारदर्शी छनौट हुनेमा शंका उत्पन्न भएपछी राजनीतिक लाइन बलियो नभएका कर्मचारीहरु भने सदस्य सचिवको दौडबाट टाढै बसेका छन् ।

काँग्रेसको तर्फबाट पुुष्परमण वाग्ले, विनय मिश्र, रमेशकुमार बखती तथा नेकपा माओवादीबाट रामसिंह धामीले सदस्य सचिव दावी गर्दै राजनीतिक लबिङ गरिरहेका छन् । तर उनको जागिरे अवधी थोरै मात्र भएको र नेतृत्व क्षमता कमजोर भएकोले शिक्षा मन्त्री धनिराम पौडेल उनलाई सदस्य सचिव नबनाउने निष्कर्षमा पुुगेका छन् ।

तनहुँ घर भएका वाग्ले नेपाली काँग्रेसको तर्फबाट सबैभन्दा बलियो उम्मेदवार हुन । काँग्रेस सभापति शेरबहादुर देउवा निकट तनहुँका सांसद धुुब्र वाग्लेसंग नाता जोडिएका उनीको काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलसंग पनि निकटको सम्बन्ध रहेको छ । उनलाई सदस्य सचिव बनाउन देउवा र पौडेलले प्रधानमन्त्री पुुष्पकमल दाहालसंग कुरा गरिरहेको देउवाका एक सहयोगीले जानकारी दिए । २०४९ सालमा परिषद्मा प्रवेश गरेका वाग्ले हाल पोलिटेक्नीक शाखाको निर्देशक रहेका छन् ।

तर उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले भने जनकपुर घर भएका विनय श्रेष्ठलाई सदस्य सचिव बनाउन लबिङ थालेका छन् । त्यसका लागि उनले सिफारिस समितिका सदस्यहरुलाई आग्रह समेत गरिसकेका छन् ।

तुलनात्मक रुपमा योग्य उम्मेदवार को ?
परिषदको कार्यकारी पद सदस्य सचिवका लागि अहिलेसम्मकै सबैभन्दा कमजोर क्षमता भएका कर्मचारीहरु प्रतिश्पर्धामा रहेका छन् । सबैभन्दा निकटको दावेदार मानिने पुुष्परमण वाग्लेले त्रिभुवन विश्वबिद्यालयबाट एमएस्सी गरेका छन् । प्रशासनिक क्षमता कमजोर भएपनि आफ्नो विषयमा उनीसंग सामान्य ज्ञान भने रहेको उनीसंगै काम गरिरहेका परिषद्का एक उपनिर्देशकले बताए ।

यस्तै निधिले अघि सारेका मिश्रले बिए मात्र पास गरेका छन् । पैसाको लेनदेनमा माहिर मिश्रको पनि नेतृत्व क्षमता कमजोर छ । स्नातक मात्र योग्यता भएकोले शैक्षिक योग्यता तर्फ उनले अन्यको तुलनामा कम अंक पाउने भएकोले उनी कमजोर उम्मेदवार मानिन्छन् ।

यसैगरी परिषद्को कामुु सदस्य सचिवको रुपमा रहेका रमेशकुमार बखती अन्य भन्दा बरिष्ठ भएपनि अप्राविधिक शिक्षा लिएकोले पनि उनको सम्भावना कमजोर मानिन्छ । पैसा खान र खुवाउन सक्ने भएपनि आधारभुत योग्यता नै कमजोर भएकोले उनलाई काँग्रेस नेताहरु दरखास्त नदिन सु्झाव दिएका छन् ।
परिषदका एक वरिष्ठ सदस्य सचिवका अनुसार तुलनात्मक रुपले वाग्ले आउँदा परिषद्को अस्तीत्व जोगिन सक्ने नत्र संस्थाको उपादेयिता नैसमाप्त हुन सक्ने चेतावनी दिए । उनले भने ‘ मैले सुुने अनुसार दुुई करोड पैसा जसले जम्मा गर्नै सक्छ उसैले सदस्य सचिव पाउने सम्भावना बढी छ । यस्तो भएमा परिषद सकिन्छ । अर्को संस्था बन्छ ।’

दुुई करोडमा मोलमोलाई

केही ठुला प्राविधिक कलेज संचालकहरु आ आफ्नो स्वार्थ अनुसार सदस्य सचिवका उम्मेदवारहरु बोकेर लबिङमा लागेका छन् । त्यसका लागि उनिहरुले करोडौँ पैसाको अफर मन्त्री, सिफारिस समिति र प्रधानमन्त्रीका प्रशासकिन सल्लाहकार नारायण दाहाल समक्ष गरेको स्रोतले जनायो । स्रोत भन्छ ‘प्रधानमन्त्री, शिक्षा मन्त्री र काँग्रेस नेताहरुले अलग अलग निकै ठुलो मात्रामा पैसा खोजेका छन् । यदी त्यसका आधारमा नियुक्ती भयो भने, नेपालको प्राविधिक शिक्षा ध्वस्त हुुन बेर छैन । ’

परिषदका तत्कालिन सदस्य सचिव डा. रामहरी लामिछाने प्राविधिक शिक्षालयहरुको संगठनको महानिर्देशकमा खुल्ला प्रतिश्पर्धाबाट छनौट भएर फिलिपिन्स गएपछी सो पद रित्त अवस्थामा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments