देशभर किन भईरहेको छ बम आतंक ?

बिहिबार, मंसिर १४, २०७४

loading...


काठमाडौँ । पहिलोचरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएपनि दोस्रो चरणको निर्वाचन सम्मुखमा काठमाडौ लगायत देशका विभिन्न कांग्रेसका उम्मेदवार नारायण कार्की सहित चार जना घाइते भएका छन् दाङमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा बम पड्किदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु नै भयो । सो सुरक्षाकर्मीसहित आठ जना घाइते भएका छन ।

ललितपुरमा वाम गठबन्धनले संयुक्त आमसभा गरेको ठाउँभन्दा करिब ६ सय मिटर पर ललितपुरको बटुकभैरव नजिकै फोहोरको थुप्रोमा विस्फोट हुदा सुरक्षा चुनौति थपिएको छ । झापामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा पनि बम पड्काएर आतंक सिर्जना गरिएको थियो । सप्तरीमा टाइमबम फेला परेको छ । गृहमन्त्रालयले सुरक्षा व्यवस्था कडा पारिएको बताएपनि जताततै बम आतंक सिर्जना भएपछि सुरक्षा फितलो भएको राजनीतिक दलका नेताहरुले समेत आरोप लगाएका छन् ।

ललितपुरस्थित मछिन्द्रमावि नजिकैको फोहरको थुप्रोबाट विस्फोटन पछि नजिकैको भवनमा रहेको शिशा चर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको बेला विस्फोटन भएको थियो । कांग्रेसको कार्यक्रम स्थल जाने बाटोमा बम विष्फोट हुँदा चार महिला र चार पुरुष गरी आठ जना घाइते भएका थिए । विष्फोटमा परी म्यादी प्रहरी विनोद चौधरीको मृत्यु, स्थानीयवासी देवाकुमारी बिसी, जोनी बिसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार, नरपति बुढाथोकीलगायत घाइते भएका छन् । घाइते तीन जनालाई उपचारका लागि नेपालगन्ज अस्पतालमा भर्ना गरिएको छ । कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा वम विष्फोट भएको थियो । भद्रपुर–१० स्थित चन्द्रगढीमा रहेको सिटौला निवासमा सुतली बम विष्फोट हुँदा शौचालय र पर्खालमा क्षति भएको छ ।

कन्काई नगरपालिकामा पनि वम फेला परेको थियो । कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घरअगाडि गेटमा सुतली वम फेला परेको हो । शंकास्पद वस्तु देखेपछि मेयर पोखरेलले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै नेपाली सेनाको चारआलीस्थित कालीबहादुर गणको टोलीले वम डिस्पोज गरेको थियो । बम कसले राखेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी प्रधानकार्यालयका प्रवक्ता प्रहरी नायवमहानीरिक्षक (डिआइजी) मनोज न्यौपानेले बम पड्काउनेहरुको खोजी कार्य भैरहेको बताए । ‘बम कसले पड्काएको हो भन्ने प्रहरीले एकिन गरिसकेको छ उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, डिआइजी न्यौपानेले भने ।

रुपन्देहीको देबदह नगरपालिका–१ स्थित चोकको यात्रु प्रतिक्षालयभित्र प्लाष्टिकको डब्बामा कालो टेपले बेरेको अवस्थामा विष्फोटक पदार्थ फेला परेको थियो । प्रहरीको समन्वयमा नेपाली सेनाको जबरजंग गण बुटवल रुपन्देहीको टोलीले डिस्पोज गरेको छ ।सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित माहाबीर चोकबाट रिमोट कन्ट्रोल र कुकर बम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका–१ बस्ने ४० वर्षीय तेजनारायण यादब र विष्णुपुर गाउँपालिका–६ स्थित चिया नास्ता पसल गरी बस्ने संजयकुमार राय रहेका छन् । विष्णुपुर गाउँपालिका–६ स्थित माहाबीर चोकबाट रिमोट कन्ट्रोल सहित यादव पक्राउ परेपछि निजले रायको पसलमा रिमोटबाट पड्कने कुकर बम लुकाई राखेको प्रहरीले दावी गरेको छ ।

उम्मेदवार कार्की घाइते

उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवार नारायणबहादुर कार्की सहित चार जना गम्भिर घाइते भएका छन । धरान चतरा गाईघाट कटारी हेटौंडा बैकल्पिक राजमार्ग अन्र्तगत पर्ने उदयपुरको उदयपुरगढी गाँउपालिका– ६ स्थित दनुवारबेसीमा जमिन मुनि बिछयाएको बिद्युतीय धरापमा परि उम्मेदवार सहित चार जना गम्भिर घाईते भएका हुन ।

उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार कार्की चढेको बा १५ च ७८०६ को बोलेरो कटारीबाट नेपालटार हुने आम सभालाई सम्बोधन गर्न जादै गर्दा बिद्युतीय धरापमा परेको थियो । गम्भिर घाईते हुनेमा उम्मेदवार कार्की, नेपाली कांग्रेसका कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्की रहेका छन । अन्य ५ जना घाईते सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते मध्ये उम्मेदवार कार्कीको अनुहार, दुवै खुट्टा, दुवै हात र शरीरको भिन्न भागमा चोट लागेको छ भने मिरा कटुवालको दाहिने खुट्टा चुडिएको उदयपुरगढी गाँउपालिका– ८ का वडा अध्यक्ष टंकबहादुर श्रेष्ठले जानकारी दिए । उम्मेदवार कार्की चढेको जीपमा ९ जना सवार थिए । त्यसैगरी पूर्व सहरी विकास मन्त्री डा. नारायण खड्का चढेको गाडीलाई लक्षित गरी बिद्युतीय धराप बिष्फोट गराएका थिए । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहेका नेपाली काग्रेसका उम्मेदवार खड्का चढेको गाडीलाई लक्षीत गरि उदयपुरको त्रियुगा नगरपालिका– १० बाबरी भन्ने स्थानमा बिद्युतीय धराप बिस्फोट गराएको थियो ।

उदयपुरको त्रियुगा नगरपालीका– १० स्थीत बेलदोभानमा आयोजित काग्रेसको चुनावी सभालाई सम्बोधन गरेर फर्किने क्रममा खड्का माथि बाबरीमा बिद्युतीय धराप बिष्फोट गराएका थिए ।  त्यसैगरी उदयपुर निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार हिमाल कार्कीको घरमा बम विस्फोट गराएको छ । त्रियुगा नगरपालिका– ७ भन्टाबारीस्थित कार्कीको घरमा बम विस्फोट भएको थियो ।

बम विष्फोट हुँदा म्यादी प्रहरीको मृत्यु

तुलसीपुरः तुलसीपुरको व्यस्थ सडकमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका ९ जना मध्य एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षीय विनोद चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते चौधरीको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक चौधरीलाई अन्य चार जना घाइतेको कोहोलपुरमै उपचार भइरहेको छ । नेपाली कांग्रेस दाङले तुलसीपुर स्थित अरनीको मैदानमा मंगलबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विष्फोट भएको हो । मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोक देखि एक सय मिटर पश्चिम सडकमा करिब अपरान्ह चारबजे बम फ्याँके लगत्तै ठूलो आवाजमा बम बिष्फोट भएको थियो ।

कार्यक्रम विथोल्न बम

कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजय गच्छदार सहभागी कार्यक्रम विथोल्न नियोजित बम विस्फोट गराइएको छ । कार्यक्रमको मञ्च मुनी राखिएको एउटा कालो झोला स्थानिय प्रहरीले बाँसको साहाराले फ्याक्न सफल भएका थिए । निकै गोप्य तरिकाले गरिएको यो काम एक कानदुइकान गर्दै सर्वसाधारणमा फैलिएको थियो तर पनि सर्वसाधारणको उत्साह नहटेको इटहरी १२ खनारका वडा अध्यक्ष हिरा दाहालले जानकारी दिए । बमको हल्लाले मान्छे भागाभाग भएको थियो । उपस्थित कांग्रेसका कार्यकर्ताहरुलाइ फोन गरेर बम पडकिन लागेको भन्दै कार्यक्रम स्थल छाड्न भनेका थिए ।

नेपाली सेनाले गरे बम डिस्पोजल

सुनसरीमा बमको हल्ला चलेपनी प्रहरीले समयमानै बमलाइ कार्यक्रम स्थलवाट हटाउन सफल भएका थिए । कार्यक्रम सकिएपछि राति करिव ९ बजे नेपाली सेनाको पुर्वी पृतना मुख्यालयवाट खटिएका बम डिस्पोजल टोलिले बम निस्कृय पारेको थिए । बम निस्कृय पार्ने वेलामा ठुलो आवाज आएको थियो ।

हतियार बरामद

सप्तरीको डुडुवा गाउँपालिका–६ स्थित बलदिपुरुवाबाट भारत जिल्ला बहराईच रुपैडिहा केवलपुर बस्ने ५३ वर्षीय पर्शुराम पासीले लुकाई ल्याएको कटुवा पेस्तोल २ थान सहित क्षेत्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय हिरमुनियाको संयुक्त टोलीले पक्राउ गरेको छ । डुडुवा–६ बस्ने ५० वर्षीय राजेन्द्रकुमार लोहनियाले सो हतियार मगाएको प्रहरीले जनाएको छ । प्रहरीले उनको खानतलासी गर्दा १ थान भरुवा बन्दुक लोड गरेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रहेका राजेन्द्रकुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी धनुषाको शहीदनगर नगरपालिका–२ स्थित चिरैया चोकमा जाँच गर्ने क्रममा ज.६ प ९०३५ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने १८ वर्षीय सुरेन्द्रकुमार राय लगायत ३ जनालाई म्यागजिन सहितको सानो चाइनिज पेस्तोल १ थान र करीव १ सय ५० ग्राम ब्राउन सुगर जस्तो बस्तु सहित प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित घुनी मुखियाको गोठघरमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरेको गोली १ थान र झोलामा २ राउण्ड गोली गरी जम्मा ३ राउण्ड गोली बरामद गरी सोही घटनामा संलग्न हनुमाननगर कंलालिनी नगरपालिका–१४ रामपुरा गाउँ बस्ने ३४ वर्षीय सूर्यनारायण सुतिहारलाई प्रहरीले पक्राउ गरेको छ ।

हतियार बरामद

डुडुवा गाउँपालिका–६ स्थित बलदिपुरुवाबाट भारत जिल्ला बहराईच रुपैडिहा केवलपुर बस्ने ५३ वर्षीय पर्शुराम पासीले लुकाई ल्याएको कटुवा पेस्तोल २ थान सहित क्षेत्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय हिरमुनियाको संयुक्त टोलीले सोमबार पक्राउ गरेको छ । डुडुवा–६ बस्ने ५० वर्षीय राजेन्द्रकुमार लोहनियाले सो हतियार मगाएको प्रहरीले जनाएको छ । प्रहरीले उनको खानतलासी गर्दा १ थान भरुवा बन्दुक लोड गरेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रहेका राजेन्द्रकुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी धनुषाको शहीदनगर नगरपालिका–२ स्थित चिरैया चोकमा जाँच गर्ने क्रममा ज.६ प ९०३५ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने १८ वर्षीय सुरेन्द्रकुमार राय लगायत ३ जनालाई म्यागजिन सहितको सानो चाइनिज पेस्तोल १ थान र करीव १ सय ५० ग्राम ब्राउन सुगर जस्तो बस्तु सहित प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित घुनी मुखियाको गोठघरमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरेको गोली १ थान र झोलामा २ राउण्ड गोली गरी जम्मा ३ राउण्ड गोली बरामद गरी सोही घटनामा संलग्न हनुमाननगर कंलालिनी नगरपालिका–१४ रामपुरा गाउँ बस्ने ३४ वर्षीय सूर्यनारायण सुतिहारलाई प्रहरीले पक्राउ गरेको छ ।

267 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank