पत्रकार आचार्यले भने ‘नियोजित र घृणित षडयन्त्रको पर्दा छिट्टै खुल्ने छ ’

शुक्रबार, असार ३०, २०७४

काठमाडौ । समाचारमा बार्गेनिङ गरि पैसा असुल्न खोजेका ईमेज च्यानलका पत्रकार सुरज आचार्यले यस बिषयमा मुख खोलेका छन् । उनले त्यसलाई आफु विरुद्धको षडयन्त्र भएको र यो छिट्टै पर्दाफाु हुने बताएका छन आचार्यले समाजिक संजलमा स्टाटस लेख्दै भनेका छन्
‘तत्कालिन केएटिएच एफएम हालको ईमेज एफएमबाट २०५८ सालमा पत्रकारिता सुरु गरे यता आजको मितिसम्म मबाट पत्रकारिताको धर्म,यसको सिमा र मर्यादा भन्दा बाहिर रहेर कहिल्यै कुनै काम भएन र हुने छैन । जहांसम्म बार्गे्निङको विषय छ । निकट भविष्यका सम्भावनाहरुलाई समेत ध्यानमा राखेर गरिएको घृणित र नियोजित षडयन्त्र हो । फरक प्रसंग,सन्दर्भमा गरिएको कुराकानीलाई नाटकीय मोड दिने गरि आवश्यक प्रवन्ध मिलाइएको छ । अहिलेलाई यति मात्र भनौ पर्दाहरु बिस्तारै खुल्नेछन् र समयतक्रममा सबै प्रष्ट हुनेछ । म यसबारे सत्यतथ्य छानवीन गर्न सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु । सम्पुर्ण घटनाक्रमको छानवीन नभएसम्मका लागि नैतिक रुपमा म संलग्न संचार संस्था र नेपाल पत्रकार महासंघको जिम्मेवारीबाट अलग रहने जानकारी गराउंछु । यसबीच सामाजिक संजालमा प्रतिक्रिया दिने,टिप्पणी गर्ने र गम्भीर चासो देखाउने सबैमा हार्दिक धन्यवाद छ । विभिन्न माध्यमबाट धैर्यता र परिस्थितिको सामना गर्न प्रेरित गर्नुहुने सबै अग्रज,आफन्तजन,मित्र र शुभेच्छुकहरुमा हार्दिक धन्यवाद । आशा र विश्वास छ समयले लगाएको घाऊ समयले नै पुर्नेछ’ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments