प्रकृति चन्द घटना : नेविसंघद्वारा गृहमन्त्रीको राजीनामा माग

सोमवार, मंसिर २३, २०७६



काठमाडौं । प्रदेश-५ अन्तर्गत बाँकेको कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बााकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।

पशुपति क्याम्पसबाट शुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

घटना के हो ?

 प्रदेश-५ अन्तर्गत बाँकेमा ट्रकको ठक्करबाट कोहलपुर–१० कि प्रकृति चन्द सख्त घाइते भईन । हिजो(आइतबार) बिहान करिब साढे ९ बजे बुबाको स्कुटरमा बसेर त्रिभुवन माध्यमिक विद्यालय पुगेकी उनी  स्कुटरबाट ओर्लिएर गेटतर्फ बढ्दानबढ्दै  पछाडिबाट हुत्तिँदै आएको  ना २ ख ९४५९ नम्बर  ट्रकले ठक्कर दियो । कक्षा ७ मा अध्ययनरत चन्दको खुट्टा कुल्चिएर अगाडी बत्तिएको ट्रकलाई विद्यार्थीको समूहले घेरामा लिए  ।

स्कुले विद्यार्थीलाई ठक्कर दिएसँगै घटनाले तनावको मोड लियो  । विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरे । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरियो । प्रहरी र आक्रोशित विद्यार्थी समूहबीच ढुंगा हानाहान भयो । यसक्रममा सडक आसपास रोकिएका अन्य गाडीका समेत सिसा फुटे । कयौं यात्रुहरू अलपत्र परे ।

स्थिति त्यतिमै रोकिएन । विद्यार्थी समूहले  चोकमा टायर बालेर यातायात आवागमन पूर्ण रुपमा अवरुद्ध समेत पारे ।सडकमा विद्यार्थी र स्थानीयवासीको कब्जा जम्यो । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको थियो भने केही सेल अँश्रु ग्यास प्रहार गरेको थियो । यसै क्रममा केहि विद्यार्थीमाथि अन्यायीक हर्कत गरिएको भन्दै केहि फोटाहरू सहित सामाजिक संजालमा प्रहरीको तीव्र विरोध हुँदै आइरहेको छ । विद्यालय शान्ति क्षेत्र हो भन्ने बिर्सिएर नेपाल प्रहरीले विद्यार्थीमाथि ज्यादती गरेको भन्दै सामाजिक संजालमा उक्त कदमको चर्को विरोध भइरहेको छ  ।

प्रकृति अध्ययनरत विद्यालयकी प्रध्यानाध्यापकक देउका थापाका अनुसार प्रहरीले अनावश्यक रुपमा विद्यार्थीमाथि दमन गर्दा  ९ जना विद्यार्थी पनि घाइते भएका छन् । ‘कसैलाई गोलीको छर्रा लागेको छ भने कोहीलाई प्लास्टिकको गोलीले लाग्यो’, उनले बताइन् ।

शिक्षकहरुका अनुसार १२ कक्षासम्म पढाइ हुने विद्यालयमा अहिले करिब २४ सय जना अध्ययरत छन् । प्रहरीले पनि कोहलपुरका डीएसपी शाहीसहित ९ जना घाइते भएको विवरण सार्वजनिक गरेको छ ।

ट्रकको ठक्करबाट घाइते भएकी प्रकृति चन्दलाई भने हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको ग्वार्कोस्थित बीएण्डबी हस्पिटलमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments