नेविसंघको प्रदर्शन: प्रदर्शनकारीमाथि लाठी चार्ज, एक समातिए

मङ्लबार, बैशाख १७, २०७६



काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मंगलबार बिहान बानेश्वरमा प्रदर्शन गरेको छ।

ग्फ्गफ्ग्फ़ - Copy

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न क्याम्पसमा नियमविपरीत भर्ना गरिएको भन्दै कारबाहीको मागसहित आन्दोलन गरिरहेको नेवि संघले पुरानो बानेश्वरस्थित साउथ एसिएन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सायम) कलेजमा प्रदर्शन गरेका हुन् ।

चाैथाे पटक ताेकिएकाे मितिअनुसार आजदेखि परीक्षा शुरु भएकाे छ। काठमाडाैंकाे पुरानाे बानेशवरस्थित सायम कलेजमा परीक्षा चलिरहँदा निजी कलेजलाई कारबाहीकाे माग गर्दै विराेधमा उत्रिएका नेविसंघका पोखरा विश्वविद्यालय विभागका विद्यार्थी नेता नवराज  नेता त्रिपाठी पक्राउ परेका हुन्। उनलाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ।

प्रदर्शनका कारण कक्षा १२ को परीक्षालाई असर परेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ। प्रदर्शनमा उत्रिएका एक विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

ग्फ्गफ्फ्ग - Copy

नेविसंघले सोमबार बेलुका पनि बानेश्वरमा प्रदर्शन गरेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank