न्यूजिल्याण्डमा ४९ जनाको हत्या गर्ने हमलाकर्तालाई शनिबार अदालतमा पेश

हमलाकर्ताले पाँचवटा बन्दुक प्रयोग गरेको

शनिबार, चैत्र २, २०७५



एजेन्सी । न्यूजिल्याण्डको क्राइस्टचर्चमा दुई मस्जिदमाथि हमला गरेर कम्तीमा ४९ जनाको हत्या गर्ने हमलाकर्तालाई शनिबार अदालतमा पेश गरिएको छ ।

अष्ट्रेलियाली नागरिक ब्रेन्टन ट्यारेन्ट, २८, अदालतको कठघरामा जेलको सेतो टिसर्ट र हत्कडीमा उपस्थित भए । उनीमाथि हत्याको आरोप लगाइएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डर्नले हमला निकै सुनियोजित ढङ्गले गरिएको र उनीसँग बन्दुक राख्ने लाइसेन्स भएको जानकारी दिएकी छिन् । हमलाकर्ताले पाँचवटा बन्दुक प्रयोग गरेको उनले बताइन् ।

शुक्रबारको हमलापछि देशमा बन्दुक राख्ने कानूनमा परिवर्तन गरिने प्रधानमन्त्री जसिन्दाले जानकारी दिइन् ।

पुलिस अनुसन्धानबारे जानकारी दिँदै उनले अहिलेसम्म तीनजनालाई पक्राउ गरिएको जसमध्ये दुईको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । दुबैको अहिलेसम्म कुनै आपराधिक रेकर्ड सार्वजनिक भएको छैन ।

यसैबीच घटनास्थलबाट पक्राउ गरिएका अन्य हतियारधारी व्यक्तिलाई रिहा गरिएको छ । अनुसन्धानमा उनीहरु पुलिसलाई सहयोग गर्ने कोसिस गरिरहेको पत्ता लागेको छ ।

1100659

2403685_1200x627

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments