न्युयोर्क शहरको बत्ति ५ घण्टा कहाँ गयो ?

आइतवार, असार २९, २०७६



एजेन्सी  । गएराति अमेरिकाको न्यूयोर्क शहर स्थित् म्यानहटन क्षेत्रमा बत्ती गएपछि हल्लीखल्ली मच्चिएको छ । बत्ती जाँदा  त्यसबाट सो क्षेत्रका  करिब ७० हजार मानिस प्रभावित भएका छन् ।

शहरको मेट्रो सेवा, लिफ्ट, साथै नेटवर्क ठप्प हुँदा समस्या निम्तिएको थियो ।  थिएटर, फिल्म हाल लगायतका नाइट शो अवरुद्द भएका थिए । मानिसहरु मोबाइलको फ्ल्यासलाइटको सहायताले दायाँबायाँ गरिरहेका थिए । यद्दपी ५ घण्टापछि बत्ती पहिलाकै अवस्थामा आएको थियो ।

New York power cut: Supply restored in Manhattanको लागि तस्बिर परिणाम

यसअघि सन् १९७७ मा यस्तै खालको समस्या अमेरिकाको सो क्षेत्रमा आएको थियो । राति १२ बजेतिर बिजुलीका ६ वटै नेटवर्क चलेका थिए । बत्ती नभएका कारण त्यस क्षेत्रका थुप्रै कार्यक्रम रोकिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata