नयाँ वर्ष !

शनिबार, चैत्र ३०, २०७५

- सीता ओझा



नयाँ वर्ष,
तिमी हरेक वर्ष आउछौ
हरेकको मनमा छाउछौ
अनि अनेकौं बहानामा
तन छोडेरै रमाउछौ

नयाँ वर्ष,
तिमी अनगिन्ती रहर बोकेर
प्रत्येक वर्ष सबैकोमा धाउछौ
तिमीले धाउने तरीका अपत्यारिलो छ
अपत्यारिलो भएर पनि निकै चम्किलो छ

नयाँ वर्ष,
तिमी त आउछौ नै
तिमी आउदा तरङ्ग पनि ल्याउछौ
नबसझे झै गरेर सीप र खुसीले
सबैलाई मज्जैले रङ्गाउछौ पनि

नयाँ वर्ष,
आजकाल त तिमी शहरमा मात्रै  होइन
गाँउ गाउँ एक्लै पनि धाउने गर्छौ रे
काँचोकँचिलो सगँसगै पाकेको पनि खान्छौ रे
गुलियो, अमिलो र रसादिमा निकै रमाउछौ रे

नयाँ वर्ष,
तिमी यस वर्ष पनि त आउदै छौ रे
यस वर्षको तिम्रो आगमनले
व्यक्तिको मनमा आनन्द छाओस
घर परिवारमा खुसी आओस्
देशमा शान्ति र सम्वृद्दी छाओस्

नयाँ वर्ष,
तिमी, म र अरू सबैको खुसीसगैँ
मन रमाउन, हँसाउन र बसाउन
आनन्दसगँ रमाउन र खुसि सजाउन
तिमीलाई प्रगति, सुस्वास्थ्य र स्वस्थ्य
जीवनको लाखौंलाख शुभकामना !

– सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank