नयाँ वर्ष

आइतवार, पुस १३, २०७६



तिमीले हामीलाई जोडेर
हरेक वर्ष अनेकौँ खुसीहरू ल्याउँछौ
हामीलाई तरङ्याउछौ,

अन्य पौरखको लागि लोभ्याउछौ
मानवहरूलाई तिम्रै रङ्गमञ्चमा
दुमधडकाले नर्तक बनाउँछौ
हामीलाई नचाउने तिम्रो त्यो
कला र गला देखेर,
म भित्रैदेखि दङ्ग पर्छु,

हामीहरूको त्यो ओहोरदोहोर
आहारविहार देखेर
तिमी नै दङ्ग छौ
तिमी रमाएको देखेर
मलाई भन्न मन लाग्यो

यो नयाँ वर्षले
हरेक व्यक्तिमा भएको
पछौटे चिन्तनलाई अग्रगमनले
परास्त गरोस्
माया र ममताले सबैको काख भरियोस्
ज्याला मजदुरीको सम्मान होस्

घर परिवारमा सुख, शान्तिले बाँस गरोस्
राष्ट्रिय, अन्तर्राष्ट्रिय घात, प्रतिघात र निषेध
नासियोस र सद्भाव फैलियोस्
हरेक राष्ट्रको आर्थिकसामाजिक जीवनमा
सम्वृद्दि देख्न पाइयोस्
सबैलाई नयाँ वर्षको शुभकामना

सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments