नेपाल सरकारद्वारा नयाँ नक्सा सार्वजनिक

बुधबार, जेष्ठ ७, २०७७



काठमाडौं । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेकाे छ । बुधबार  भूमि व्यवस्थमन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी हुन ।

मन्त्री अर्यालले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहित समेटेकाे  राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्। नयाँ नक्सामा गुञ्जी, नाबी कुटी लगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले जनाएकी छिन ।

आधिकारिक नक्सा सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरा सहितको नक्सा समेटिने छ। यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments