प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

मङ्लबार, जेष्ठ २९, २०७५



काठमाडौं । लामो समय कामुका भरमा चलेको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाउने भएको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ।

उनी वरिष्ठतम न्यायाधीशको रूपमा कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा कार्यरत थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत जोशीको नाम सिफारिस गरेको हो।

परिषद्ले जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका लागि पठाएको छ। सुनुवाइ समितिबाट नाम पारित भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ति र शपथ हुने संवैधानिक व्यवस्था छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि गत फागुन मसान्तदेखि जोशी कामु प्रधानन्यायाधीश बनेका थिए।

तनहुँका जोशी २०४८ सालमा कानुन व्यवसायीबाट तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश हुँदै सेवा प्रवेश गरेका थिए। न्यायपरिषद्ले यसअघि  मर्यादाक्रममा सबैभन्दा वरिष्ठ रहेका जोशीसहित सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर जबरालाई प्रधानन्यायाधीशका लागि नाम पठाएको थियो।

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank