विश्वको सबैभन्दा ठूलो भवन, जसले हजारौँ किसानहरु विस्थापित गरायो

बिहिबार, जेष्ठ ३०, २०७६



एजेन्सी । चीनको ताइन्फु न्यु एरिया अन्तरगत  छेङ्दुमा रहेको २० तले  सेन्चुरी ग्लोबल सेन्टर विश्वकै सबैभन्दा ठूलो क्षेत्रफलको भवन हो ।  १०० मिटर(३३० फिट) अग्लो यस भवनको प्रत्येक तल्ला १७ लाख वर्ग मिटरको रहेको छ, जुन  २४६  वटा फुटबल मैदान बराबर हुन् आउँछ ।

यस भवन खरबपति डेंग होंगले बनाएका हुन्, जो इन्टरटेन्मेन्ट एण्ड ट्राभल ग्रुप(इटिजी) मालिक हुन् । यस भवनको डिजाइनर इराकी- ब्रिटिश आर्कीटेक्ट जाहा हादिद हुन् । यस भवनका दुइ तला जमिन मुनि छ भने १८ तला जमिन माथि रहेको छ । सन् २०१० मा निर्माण कार्य शुरु गरिएको यस भवन ३ वर्षभित्र नै सम्पन्न भएको थियो ।

५००*४०० मिटर क्षेत्रफल रहेको यस  भवन भित्र  वाटरपार्क निर्माण गरीएको छ, जसले कृत्रिम बिच अर्थात समुद्रको किनारको झल्को दिन्छ । जसलाई पाराडाइज् आइल्याण्ड वाटर पार्क नाम दिइएको छ ।

यसैगरी १ हजार भन्दा बढी  कोठाको होटल र १५–स्क्रिन सिनेमा पनि रहेको छ । साथै दुई ठूला सपिङ मल र तीस हजार मानिसहरुका लागि काम गर्ने कार्यालयको ठाउँ पनि रहेको छ । २ वटा फाइभ स्टार होटल, म्युजिएम, थिएटर पनि यसै भित्र छन् । यसैकारण पनि यस सेन्टरलाई चीनको आर्थिक विकासको स्पष्ट उदाहरण मानिएको छ ।

सम्बन्धित छवि

यति धेरै विशेषता हुँदाहुँदै पनि यस भवन उद्घाटनको समयमा भ्रष्टाचारको काण्डले विवादित हुन पुगेको थियो । हाल सम्म पनि  वित्तिय निरीक्षकहरु यस भवनको  मालिकमाथि अनुसन्धान गरिरहेका छन् । यसरी आर्थिक वृद्धिसँगै चीनमा उपभोग दर पनि बढेको हुँदा सेन्टर अत्यन्तै व्यस्त रहने गरेको छ । तर सो भवनले चीनको बढ्दो आर्थिक असमानता पनि संकेत गरिरहेको छ, जुन पछिल्लो समय गम्भीर बन्दै गइरहेको बताइन्छ ।  भवन निर्माण गर्न हजारौँ किसानहरुलाई हटाउनु परेको थियो भने यसको भर्पाइ र खरिदमा पनि उनीहरुलाई कम रकम प्रदान गरिएको थियो ।

New Century Global Center photo featureको लागि तस्बिर परिणाम

चीनले पछिल्लो समय आर्थिक विकासका निम्ति यस्ता थुप्रै ठुला निर्माणका परियोजनामा लगानी गरिरहेको छ, जसमध्ये तिव्र गतिको ‘हाइ–स्पीड’ रेल प्रणाली अत्यन्तै सफल भएको पाइएको छ । तर अर्कोतर्फ पुर्वानुमानमा आधारित भएर आधुनिक शहरका लागि बनाइएका भवनहरु भने ‘गोस्ट सिटी’ अर्थात भूतीयामा परिणत भएका छन् ।

यसरी चीनले लाखौँ मानिसका लागि अधिक लगानीमा निर्माण गरेको शहर अझै सुनसान छ । विशेषगरी ग्रामीण क्षेत्रका नागरिकहरु त्यहाँ बस्ने अनुमानका साथ भवनहरु बनाइएको थियो तर गरिब स्थानीयहरुले नयाँ जीवनशैलीको महङ्गो शुल्क बेहोर्न नसक्ने भएपछि उनीहरुले गाउँ छाड्न मानेनन् ।

यसरी आर्थिक वृद्धिको गति बढाउन ठुल्ठुला भवन निर्माणका परियोजनामा केन्द्रित हुने नीति चीनका लागि अब बिस्तारै प्रभावकारी नहुने विश्लेषकहरुको भनाइ छ । यसरी चीनले अत्यन्तै कम समयमा यति धेरै संरचनाहरु निर्माण गरिसकेको हुँदा यसलाई सिमित गरि अन्य विकल्पको खोजीमा लाग्ने समय भइसकेको आर्थिक विद्हरु बताउँछन् । भूतीया शहर जसरी नै विफल परियोजनाबाट भविष्यमा बच्नका लागि चीनले नयाँ मोडल अपनाउनुपर्ने बताइएको छ ।

द इकोनोमिस्ट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata