झरीसँगै नेविसंघको जात्रा

शुक्रबार, असार २७, २०७६



काठमाडौं ।  भनिन्छ- नियोजित विरोधले मौसम, स्थान र मुद्दाको खोजी गर्दैन । केवल विरोधलाई मात्र केन्द्रबिन्दुमा राख्छ । केही समययता सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले माथिको भनाइलाई फेरी एकपटक  पुष्टि गर्ने जर्मको गरेको छ ।

देशभर सक्रिय रहेको मनसुने झरीमा नेविसंघले करिब औचित्यहीन विरोधलाई निरन्तरता  दिएको छ । जसका केहि झलक उनीहरुकै निम्ति रमाइलोको विषय बनेका छन् ।

ग्फ्गफ्ग्फ़

मन्त्रिपरिषदले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्रन दिने निर्णय गरेपछि आन्दोलनलाई निरन्तरता दिने नेविसंघको पछिल्लो प्रयास निरन्तर झरीमा माइतीघर मण्डलामा पोखिएको छ । विगतमा आफ्नै पार्टीको सरकारले नेपाली जनतालाई कस्तो किसिमको फलफूल तरकारी खुवाएको थियो ? तात्कालिन सरकारले  मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन कस्तो भूमिका खेलेको थियो ? भएको एक मात्र कृषि औजार कारखानालाई निजीकरण गर्न हतारिएको आफ्नै सरकार(कांग्रेस सरकार)को विगतलाई चटक्क बिर्सदै नेपाली जनताको स्वास्थ्यको निम्ति झरी बादल बिर्सने नेविसंघ काइदा केवल जात्राको रुपमा देखा परेको छ ।

फ्द्द्फग्फ़

यसअघि तरकारी जुलुस, मसाल जुलुसजस्ता कार्यक्रम गरिसकेको नेविसंघले आज माइतीघर मण्डलमा गरेको प्रदशर्नलाई जस्तो सुकै कठिनाइ आएपनि निरन्तरता दिने नेविसंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata