नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

बुधबार, साउन १६, २०७५



Sompal Kami नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेटकाठमाडौँ । नेदरल्याण्डविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाललाई पहिलो सफलता मिलेको छ । २.३ ओभरमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिए ।

उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएका हुन् । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरे ।

नेदरल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।  सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एकदिवसीय मान्यता पाएको हो ।

नेदरल्याण्डसस्थित भिआरए मैदान आम्सटर्डममा खेल भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments