नेदरल्याण्डविरुद्धको एक दिवसीय क्रिकेटः दोस्रो विकेट पारसको नाममा

बुधबार, साउन १६, २०७५



काठमाडौँ । नेदरल्याण्डविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाललाई दोस्रो सफलता मिलेको छ । ७.४ ओभरमा नेपालका लागि पारस खड्काले टिमका लागि दोस्रो र व्यक्तिगत पहिलो विकेट लिए ।

यसअघि २.३ ओभरमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिए ।  नेदरल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एकदिवसीय मान्यता पाएको हो ।

नेदरल्याण्डसस्थित भिआरए मैदान आम्सटर्डममा खेल भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank