नेदरल्याण्डविरुद्ध एक दिवसीय क्रिकेटः पारसको नाममा व्यक्तिगत दोस्रो विकेट

बुधबार, साउन १६, २०७५



काठमाडौँ । नेदरल्याण्डविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । १५.१ ओभरमा नेपालका कप्तान पारस खड्काले टोलीका लागि चौथो र व्यक्तिगत दोस्रो विकेट लिए ।

१२. २ ओभरमा नेपालका लागि सन्दीप लामिछानेले टोलीको लागि तेस्रो र व्यक्तिगत पहिलो विकेट लिएका हुन् ।

७.४ ओभरमा नेपालका लागि पारस खड्काले टिमका लागि दोस्रो र व्यक्तिगत पहिलो विकेट लिए ।

यसअघि २.३ ओभरमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिए । नेपालले किसिलो बलिङ गरिरहेको छ ।

नेदरल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एकदिवसीय मान्यता पाएको हो ।

नेदरल्याण्डसस्थित भिआरए मैदान आम्सटर्डममा खेल भइरहेको छ ।

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank