नेपोलीसँग बराबरी खेल्दै लिभरपुल

बिहिबार, मंसिर १२, २०७६



एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता टोली लिभरपुलले नेपोलीसँग १-१ गोल अन्तरको बराबरी खेल खेलेको छ । यस खेलसँगै लिभरपुलले नकआउट चरणमा पुग्न अझै एक खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

यो बराबरीसँगै समूह ‘ई’को लिभरपुलको पाँच खेलबाट १० अंक छ । दोस्रो स्थानको नेपोलीको ९ अंक छ भने तेस्रो स्थानको साल्जबर्गको ७ अंक छ ।

यदि लिभरपुल अन्तिम खेलमा साल्जबर्गसँग पराजित भएमा लिभरपुल समूह चरणबाटै बाहिरिने छ । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता नेपोलीले बनाएको थियो । नेपोलीका लागि खेलको २१ औँ मिनेटमा डेरिस मार्टिन्जले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६५ औँ मिनेटमा डिजन लोभरेनले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata