घातक बलिङ र फिल्डिङले नेपाललाई दिलायो काश्य

सोमवार, मंसिर २३, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद  प्रतियोगिता(साग) अन्तर्गत आज (९ औं दिन) पुरुष क्रिकेट अन्तर्गत भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गरेको छ ।

२३ बल बाँकी छँदै माल्दिभ्सले दिएको चुनौतीलाई सहजै भेट्टाउन सफल नेपालको खेलमा बलरहरूको ठुलो भूमिका रहेको थियो । निर्धारित २० ओभरमा ललित राजवंशीको घातक बलिङ र नेपाली खेलाडीहरूको चुस्त फिल्डिङको अगाडी माल्दिभ्सले ९ खेलाडी गुमाएर केवल ९४ रन मात्र बनाउन सफल भएको थियो ।

ललित राजवंशीले ४ ओभरमा १९ बल डट राख्दै केवल ६ रन खर्चिदा माल्दिभ्सका प्रमुख तीन ब्याट्सम्यानहरू उनको शिकार हुन पुगे। नेपाली खेलाडीहरूले तीन माल्दिभ्सका खेलाडीलाई सस्तैमा रन आउट गरेपछि झिनो लक्ष्य पछ्याउँन मैदान ओर्लिएको नेपालको शुरुवात भने सुखद रहेन । नेपालको केवल ५ रन योगफल हुँदा पूर्व कप्तान पारस खड्कालाई गुमाउन पुग्यो ।

८.४ ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल पेभेलियन फर्किदा नेपालको योगफल २ विकेटको क्षतिमा ४४ रन थियो । नेपालले क्रमश: ५८, ६० र ७६ रन हुँदा विकेट गुमाएपनि आरके पौडेल  र पी. शराफले नेपाललाई जीतको मज्जा चखाए ।

यससँगै नेपालले जारी सागमा तेस्रो स्थानमा आफूलाई उभ्याउन सफल भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments