‘एक इन्च जमिन नछोड्ने’ ओलीको घोषणाले भारतीय मिडियामा हंगामा

सोमवार, मंसिर २, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार युवासंघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन नछोड्ने घोषणाले भारतीय मिडिया तातेको छ। सन् १९६२ देखि कब्जामा लिएको नेपालको भूमि कालापानीमा रहेको भारतीय सेनालाई फिर्ता जान भन्दै गरेको भाषणलाई दिल्लीले नरुचाएको संकेत भारतीय  मिडियाहरूले गरेका छन् ।

111

 

भारतीय मिडियामा प्रधानमन्त्री ओलीको हवाला दिँदै पछिल्लो समय  भारतले जारि गरेको नक्सालाई रद्दीको कागजको संज्ञा दिएको मानिएको छ । प्रधानमन्त्री ओलीले नक्सा जसले पनि छाप्न सक्ने तर नेपालको एक इन्च जमिन पनि कसैले लिन नसक्ने वा कसैलाई नदिइने उल्लेख गर्नुले उनीहरूको नियतमाथि धक्का पुगेको महसुस गरेका छन् । भारतीय सुरक्षा बललाई कालापानीबाट हटाइने र नेपालको माटोको सुरक्षा गरिने प्रधानमन्त्री ओलीको घोषणाले भारतीय मिडिया र मोदी प्रशासनलाई नराम्रोसँग पोलेको मान्न सकिन्छ ।

112

नेपालले भारतीय राजनीतिको आन्तरिक समस्यालाई नस्वीकार्ने मात्र होइन उनीहरूले कश्मीरको अस्तित्वलाई  नयाँ ढंगले प्रस्तुत गर्दै जारि गरिएको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको जमिन अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने प्रधानमन्त्री ओलीको प्रष्ट धारणासँगै भारतीय सत्ताको नियत मिडियामा छरपष्ट भएको  छ ।

113

 

नेपालमा संविधान जारि भएसँगै जबर्जस्ती लादिएको भारतीय नाकाबन्दीलाई बिर्सदै गरेको समयमा भारतीय सत्ताले आफ्नो विस्तारवादी चरित्र नक्सामार्फत प्रस्तुत गर्नुले नेपालका राजनीतिक दल र सम्पूर्ण जनतालाई बाध्यात्मक रुपले माटोको निम्ति एक ठाउँमा उभाएको भारितीय मिडियाहरूले बुझेका छन् ।

fdfdfdsfd

 

नेपालका राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण समेत प्रधानमन्त्रीको घोषणाले अत्यन्त खुसि भएको भारतीय मिडियाको बुझाई छ, जसले उनीहरूलाई नेपालको अतिक्रमित भू-भाग बाट पछाडी हट्न मजबुर बनाउनेछ ।

 

Links:

nepals-prime-minister-oli-announced-indian-soldiers-will-be-removed-from-the-black-water-area

https://www.angwaal.com/national/nepal-pm-kp-oli-reacts-on-kalapani-in-new-map-of-india-32607

https://aajtak.intoday.in/gallery/nepal-pm-kp-oli-reacts-on-kalapani-india-new-map-tstp-2-41777.html

https://www.amarujala.com/world/nepal-prime-minister-kp-sharma-oli-asked-indian-soldiers-to-left-kala-pani-area

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata