नेपालगञ्ज गोल्डकप आजदेखि

सोमवार, जेष्ठ २१, २०७५



बाँके ।
सोमबारदेखि नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सुरुवात हुँदैछ । आयोजक बाँके जिल्ला फुटबल संघले खजुरा गाउँपालिका ४ डी गाउँको नेपाल राष्ट्रिय आदर्श आधारभुत विधालयमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

उद्घाटन खेल साँढे ४ बजे नेपालगञ्ज–११ र सशस्त्र प्रहरी एपीएफबीच हुने छ । प्रतियोगितामा नेपालगञ्ज ११, लाली रुपन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, फ्रेण्डस क्लब ललितपुर र सिएमजी संकटा क्लब गरी ६ समूहको सहभागिता रहेको छ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले ५ लाख, दोस्रो हुनेले दुई लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई मोवाइल प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेण्डर, मिडफिल्डर, रक्षक र स्ट्राइकरलाई नगद १० हजार प्रदान गरिने भएको छ ।

118 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank