नेपालमा ३० लाख भन्दा बढीलाई मधुमेह

बुधबार, कार्तिक २८, २०७५



काठमाडौं  । नेपालमा कुल जनसंख्याको १० प्रतिशत मानिस मधुमेहबाट पीडित रहेको अनुमान गरिएको छ । हरेक परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेकाले यो वर्ष विश्व मधुमेह दिवसको नारा ‘मधुमेह : हरेक परिवारको सरोकार’ भन्ने राखिएको छ । प्रत्येक वर्ष नोभेम्बर १४ लाई मधुमेह दिवसका रूपमा मनाइन्छ ।
मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हँुदै गएको मधुमेहलाई रोक्न परिवारसँंग गाँसेर विश्व मधुमेह दिवस मनाउन लागिएको हो ।

madhumeha
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले नेपालमा मधुमेहको खास तथ्याङ्क नभएपनि विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार १० प्रतिशत मानिसलाई मधुमेह रहेको आँकलन गरिएको जानकारी दिए । डा. भट्टराईले मधुमेह नेपालमा मात्र नभएर संसारभरि नै प्रकोपको रूपमा अगाडि बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न जनचेतना जगाउनुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ । मधुमेह रोग वंशाणुगत रुपमा लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि हुनसक्ने बताए  ।

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित रहेका छन् भने ३५ करोड २० लाख मानिस मधुमेहको जोखिममा छन् । आधा मधुमेहका विरामीलाई आपूmलाई मधुमेह भएकै थाहा नहुने भन्दै डा. भट्टराईले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने बताए

मधुमेहका लक्षण
– धेरै प्यास लाग्ने, मुख सुख्खा हुने, थकाई लाग्ने, पिसाब छिनछिनमा लागिरहने, तौल घट्दै जानु मधुमेहका मुख्य लक्षण
– छिनछिनमा पिसाब लागेसँगै पिसाब गरेको ठाउँमा कमिला झुम्मिनु
– धेरै भोक तथा प्यास लाग्नु
– विना कारण तौल घट्दै जानु वा थकाई धेरै लाग्नु
– घाउखटिरा सजिलै ठिक नहुनु वा सङ्क्रमण भई घाउ पाक्नु
– हातखुट्टा झमझमाउनु, पैताला पोल्नु तथा जीउ चिलाउनु
– दीर्घकालिन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु, रक्तनलिमा असर पर्नु
– अनियन्त्रित मधुमेह भएमा हड्डी खिइने, मुखको कुनाकुना सुन्निने, घाउखटिराको सङ्क्रमण हुने

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank