साफ महिला च्याम्पियनसिप नेपालमा पक्का

बुधबार, मंसिर ५, २०७५



काठमाडौं । साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण ११–२१ मार्च, २०१९ मा काठमाडौंमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसका सदस्य देशहरूलाई साफ महिला च्याम्पियनसिप नेपालमा हुने भन्दै नयाँ मितिसहितको सहभागीताको लागि आवेदन पठाएपछि महिला साफ यहाँ हुने निश्चित भएको हो ।

यसअघि साफ महिला च्याम्पियनसिप डिसेम्बर, २०१८ मा श्रीलंकामा हुने निर्णय भएको थियो । तर, श्रीलंकाले उक्त मितिमा आयोजना गर्न नसक्ने जानकारी दिएपछि नेपालको निम्ति आयोजना गर्ने अवसरको बाटो खुलेको थियो ।

नेपालले प्रस्ताव गरेपछि फेरि श्रीलंकाले जनवरी, २०१९ मा च्याम्पियनसिप सञ्चालन गर्न सकिने भन्दै ठूलो रकम साफलाई मागेको थियो । तर, उसले प्रस्ताव गरेभन्दा कम खर्चमै च्याम्पियनसिप आयोजना गर्न सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले दाबी गरेको थियो ।

साफ यू–१५ च्याम्पियनसिपको बेला अघिल्लो साता साफका महासचिव नेपाल आएका थिए र उनले साफ महिला च्याम्पियनसिपको लागि एन्फा कम्प्लेक्स्, हलचोक मैदान र विराटनगरस्थित सहिद रंगशालाको अवलोकन गरेका थिए ।

एन्फाले राजधानीबाहिर आयोजना गर्ने प्रस्ताव गरेपनि साफका सदस्यहरूले सरक्षाको कारण देखाउँदै काठमाडौंमा च्याम्पियनसिप आयोजना गर्न अनुरोध गरेका थिए ।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank