४४ बर्षअघि किनीसकेको पानी जहाज र ओली योजना

मङ्लबार, पुस १०, २०७५



काठमाडौं । दर्जनौं ‘अविश्वसनीय’ योजना सार्वजनिक गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले आफ्नै पानी जहाज चलाउने घोषणा पहिलो पटक प्रधानमन्त्री भएका बेला नै गरेका थिए । ‘हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चल्छन, अरुले गाड्छन् गाड्दैनन् हामी गाड्छौं,’ उनले भने, ‘पानी भएपछि पानी जहाज चलाउन किन नहुने के छ ? प्रधानमन्त्री ओलीले दुई बर्ष अघि बोलेका कुरा २ बर्षपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग सम्झौता गरेका थिए ।

नेपालको जहाज गफ अनुसार काम खोई ?
दिल्लिमा दुवै देशका प्रधानमन्त्रीले नेपाल अब सडकबाट मात्र नभएर जल यातयात मार्फत समुन्द्रसम्म जोडिन पुगेको भन्दै यो समझदारीलाइ महत्वका साथ उल्लेख गरे । तर अहिलेसम्म सम्भाब्यता अध्यन भने भएको छैन । ‘नेपालबाट बग्ने कोशी, कर्णाली र गण्डकी नदीहरु मार्फत जलमार्गको उपयोग गर्ने बाटो खुलेको छ’ सरकार एक अधिकारीले भने ‘तर सम्भाब्यता अध्यनमा चासो देखिएको छैन । प्रधानमन्त्री नै नतातेर होला । ’

प्रारारम्भिक योजनामा कोशि जलमार्ग कलकत्ता बन्दरगाह र भारतको एक नम्बर जलमार्गमा जोडिनेछ । भारतको कलकता बाहेक हल्दीया र बंगलादेशको चटगाउँ बन्दरगाहसम्म पुग्ने जलमार्ग आर्थिक तथा वातावरणीय हिसाबले सहज हुने मानिन्छ ।
समझदारीले नेपालको जलउपयोग नीतिमै, ठूलो परिवर्तन ल्याउने विज्ञहरुको दावी छ । गण्डक सम्झौता अनुरुप बराह क्षेत्रमा जलमार्ग निर्माणको बारेमा अध्ययन भए पनि योजना अगाडी बढ्न सकेको थिएन ।

सम्भव छ पानी जहाज ?
भूपरिवेष्ठित देश नेपाल, कुनै समुद्रसँग नजोडिएकाले पनि पानीजहाजको कुरालाई धेरैले पत्याएनन । अहिले पनि पुरै पत्याउन सकेका छैनन । आजभन्दा ४४ वर्षअघि नै तत्कालीन राजा महेन्द्रकै पालामा नेपालले पानी जहाज किनेको थियो । रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी ब्रिटिस कम्पनीसँग पानी जहाज किनिएको थियो । जहाजको केही पैसा तिरेपछि सरकार जमानी बस्न हिच्किचायो ब्रिटिस कम्पनीले जहाज फिर्ता लग्यो ।

पानी जहाज सन्चालन सम्बन्धी चारवटा ऐन पनि बनेका छन् । नेपालको व्यापारिक पानी जहाजको झण्डा सम्बन्धी ऐन २०२७ बनेको थियो । यस्तै पानी जहाज दर्ता ऐन २०२७, नेपाल पानी जहाज (प्रमाणपत्र र रोजनामन्चा) ऐन, २०२७ र नेपाली पानी जहाज दर्ता नियमावली, २०२८ पनि जारी गरिएको थियो । पानी जहाज दर्ता ऐन, २०२७ ले कुनै व्यक्ति वा संस्थाले पानी जहाज दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
४४ वर्षअघि नै सम्भव देखिएको काम प्रधानमन्त्री ओली साकार पार्ने योजनामा छन् । योजना अनुसार काम भने अघि बढेको छैन । नेपालमा सिंगापुर र श्रीलंकाबाट भारतको कलकत्ता बन्दरगाह हुँदै सामान भित्रिने गर्छ । नेपालको ऐन कानुनले पानी जहाज किन्ने र दर्ता गर्ने बाटो खुल्ला गरेपछि भारतसँगको व्यापार तथा पारवहन सम्झौतालाई नयाँ ढंगले अघि बढाउनुपर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank