युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानको साढे चार लाख स्वाहा

बुधबार, असार ११, २०७६



सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् ।

दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् ।

उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘दुवै एकै ठाउँका हुन् । युवती विवाहित र बालकोटमा बस्ने रहिछन् । उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने ।

यही बीचमा कार्कीलाई अर्की एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्वीकार गरे । उनको कुराकानी नयाँ युवतीसँग पनि हुन थाल्यो ।

कुराकानीकै क्रममा युवतीले आफू ‘संगीता बस्नेत’ को घरबेटी भएको बताइन् । युवतीसँग उनी अझ नजिकिए । उनले आफ्नो प्रेमिकाका बारेमा अझ गहिरिएर सोध्न थाले । युवतीले पनि ‘संगीता असल केटी भएको र विवाह गर्दा राम्रो हुने’ सल्लाह दिन थालिन् ।

कुराकानीकै क्रममा ती युवतीले ‘संगीता गम्भीर बिरामी भएको र उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको’ बताइन् । प्रेमिका विरामी परेको खबरले उनलाई बेचैन बनायो । उनले सोही युवतीमार्फत उनको मुटुको अप्रेसन गर्र्नुपर्ने थाहा पाए । उनी तुरुन्तै भेट्न नर्भिक अस्पताल जाने मनस्थितिमा पुगे । युवतीलाई फोन गरे । युवतीले नर्भिक आउन भनिन् । उनी तुरुन्तै पुगे ।

युवती नर्भिक छिर्ने गेटमै भेटिइन् । भेट्न डाक्टरको स्वीकृति लिनुपर्ने भन्दै दुई घन्टा कुराइन् । पछि भेट्न नमिल्ने डाक्टरको सल्लाह रहेको उनले भनिन् ।

सहयोग गर्न भन्दै लिएर गएको डेढ लाख रुपैयाँ युवतीको हातमा राखिदिए । निराश हुँदै उनी घर फर्किए । भोलिपल्ट फेरि प्रेमिका भेट्न उनी अस्पताल पुगे । यसपटक पनि उनले भेट्न सकेनन् । तर, रकम भने कहिले आइएमई गरेर पठाउँथे । कहिले युवतीको हातमा राखेर पठाउँथे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata