संविधान विरोधी तत्वको सुक्ष्म अध्ययन गर्दै सेना

बिहिबार, अशोज २५, २०७५



काठमाडौं । नेपाली सेनाले सबै सुरक्षा निकायको नेतृत्व लिएर नयाँ ढंगले अगाडी बढ्न खोजेको बताएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै सुरक्षा सयन्त्रबीच सहकार्य गरेर अगाडी बढ्न लागेको बताए । उनले संविधानको रक्षा गर्न विखण्डनकारी समूहको नेपाली सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् ।

बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान तथा पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विखण्डनकारी समूहको गतिविधिलाई सेनाले पनि सुक्ष ढंगले अध्यन गरिरहेका जानकारी दिए । तर अहिले प्रहरी प्रशासनको क्षमताभित्रको विषय भएकाले त्यस विषयमा सेनाले हात नहालेको बताए ।

विगतका प्रधानसेनापतिको परम्परा तोड्दै उनले पत्रकार सम्मेलन गरेका थिए । यसअघि प्रवक्ताले सम्मेलन गर्ने प्रचलन थियो । सेना अरु सुरक्षा निकायसँग समुन्वय र सहकार्य गर्दै अगाडी बढ्न खोजेको छ प्रधानसेनापति थापाले भने, असुरक्षा फैलाउने तत्वमाथि गम्भिर अनुसन्धान भइरहेको छ।

सेनाभित्र सुधार गर्नुपर्ने विषय केही रहेकाले आफु त्यसमा लागेको उनले बताए ।  थापाले सेनाभित्र भ्रष्टाचार मौलाएको स्वीकारे । सैनिक  थापाले एक्लो प्रयासले भ्रष्टाचार रोक्न कठिन भएको भन्दै त्यसमा सबैको सहयोगको अपेक्षा गरे ।  भ्रष्टाचार नियन्त्रण, नजिककालाई दिने अवसर लगायतका विषयमा सेनाले आन्तरिक छानविन गरिरहेको बताए । भ्रष्टाचारसँग जोडिएका केही विषय सैनि अदालतमा छानविनका क्रममा रहेको पनि उनले जानकारी दिए । उनले सेना व्यवसायिकतालाई सम्झौता नगरि विकासका लागेको बताए ।

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank