वुहानबाट १७५ जना नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

आइतवार, फाल्गुन ४, २०७६



काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई नेपाल फर्काइएको हो  ।

wuhan nepalis

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना स्वास्थ्य समस्या देखिएको कारण वुहान विमानस्थलमै राेकिएका छन् । ती ६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन। ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

शनिबार बिहान वुहानमा रहेका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस भन्दा माथि देखाए चीन सरकारले नेपाल जान नदिने बताएका थिए। त्यसैले धेरै विद्यार्थी शरीरको तापक्रम बढ्ला कि भनेर डराएका थिए।

वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments