यूएईमा नेपाली युवतीबीच विवाद, एकजनाको मृत्यु

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं  । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छन् । बिहीबार रातिको घटनामा घाइते भएकी बरालको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

गम्भीर घाइते ममता चौधरीको आइसीयूमा उपचार भइरहेको छ । आशा दर्जी र सलिना मगर सामान्य घाइते छन् ।  अबुधाबीस्थित नेपाली दूतावासका अनुसार कम्पनीको क्याम्पभित्र मदिरा सेवनका क्रममा विवाद हुँदा चक्कु प्रहार भएको हो । –कान्तिपुर दैनिकबाट

122 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank