स्पेनमा नेपाली दुतावासले सेवा दिन थाल्यो

शुक्रबार, बैशाख २१, २०७५



स्पेन । मेड्रीडस्थित नेपाली दुतावास स्पेनले सेवा दिन थालेको छ । नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो ।

मेड्रीडमा नेपाली दुतावासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको हो ।

नेपाली दुतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।

स्पेनका लागि नेपाली राजदुत भरतबहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरे ।

108 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank