वर्षाका कारण नेपाल र केन्याबीचको जारी खेल अवरुद्ध

शनिबार, फाल्गुन २८, २०७३



काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेपाल र केन्याबीच भइरहेको खेल वर्षाका कारण रोकिएको छ  । केन्याले टस जितेर फिल्डिङ रोजेसंगै नेपाललाई ब्याटिङको निम्तो पाएर व्याटिङ्ग गरिरहेको नेपालले  ३५ दशमलव ५ ओभरको खेल खेलिसक्दा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको छ ।

अघिल्लो चरणमा पुग्न दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाव छ । वर्षाको कारण खेल प्रभावित भएपछि ५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको थियो ।

नेपाली टीमका कप्तान पारस खड्काले भने आजको खेल खेलेका छैनन् । अर्का बलर करण केसीले पनि खेल्न सकेनन् । खड्का र केसी दुबै अस्वस्थ छन् ।

वर्षाका बाबजुद पनि त्रिवि मैदान कीर्तिपुरमा नेपाल र केन्याको खेल हेर्ने दर्शकहरुको उल्लेख्य सहभागीता रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata