टी-ट्वान्टी क्रिकेट सिरिज खेल्न नेपाली टिम ओमान जाँदै

बिहिबार, अशोज १६, २०७६



काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टीट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर रमन सिवाकोटीले नेपाली टिम सिंगापुरबाटै ओमान जाने जानकारी दिएका छन् । नेपाली टिम सिंगापुरको समय अनुसार दिउँसो ३ः१० बजे श्रीलंका एयरलाइन्समार्फत् ओमान प्रस्थान गर्ने सिवाकाेटीले बताए । नेपाली टिम सिंगापुरमा जारी त्रिकोणात्मक टीट्वान्टी सिरिज खेलेर ओमान जान लागेको हो।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ। नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments