कांग्रेसलाई सुधार्न युवा नेताहरूको ५१ पृष्ठ लामो प्रस्ताव

मङ्लबार, बैशाख ११, २०७५



काठमाडौँ । एक महिनादेखि जारी नेपाली कांग्रेसको समीक्षा बैठकमा युवा नेताहरुले लिखित प्रस्ताव पेश गरेका छन् । मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले पेश गरेको ५१ पृष्ठ लामो प्रस्तावमा निर्वाचनको परिणामको समीक्षासँगै छायाँ सरकारलाई सक्रिय बनाउँने, सिद्धान्तको पुनःव्याख्या गर्ने, पार्टीलाई चुस्तदुरुस्त बनाउँने, आवश्यक सुधार गर्नेसहितका विषय उल्लेख छन् ।

महासमितिबाट अर्लि महाधिवेशन प्रस्ताव
युवा नेताहरुको प्रस्तावमा छिटो महासमितिको बैठक बोलाउँने र अर्लि महाधिवेशन गर्नुपर्ने विषय पनि समावेश छ । नेतृत्वले कार्यकाल सकिनुभन्दा अगाडि नै महाधिवेशन गर्नुपर्ने उनीहरूको तर्क छ । समय थपेर पद बढाउनेभन्दा संगठनको हितको लागि चार वर्ष नसकिंदै महाधिवेशन गर्नुपर्ने प्रस्तावमा छ । विधान विपरीत गठन गरिरएका संसदीय बोर्ड र कार्यसम्पादन समितिको खारेजीको विषय पनि उनीहरुले उठाएका छन् ।

५१ पृष्ठ लामो प्रस्ताव यहाँ क्लिक गरेर पढ्नुहोस् 

71 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank