गच्छदारलाई उपसभापति बनाउने तयारीमा देउवा

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन् । सभापति देउवाले आज बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् । बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न नसकिने भएपछि मितिसमेत तय गर्ने भएको छ ।

स्रोतका अनुसार सभापति देउवाले आइतबार साँझ नै पार्टीका शीर्ष नेतालाई फोन गरेर गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारीमा आफू रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

विधानमा हाल कायम रहेको व्यवस्थाअनुसार भने गच्छदारलाई उपसभापति बनाउन मिल्दैन । कांग्रेसको हालको विधानमा पार्टीको पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ । तर, गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्य हुन् ।

सभापति देउवाले शीर्ष नेतालाई बाधा अड्काउ फुकाउ गरेरमात्र उपसभापति मनोनीत गर्ने बताएका छन् । –राजधानी दैनिकबाट

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank