भातृसंस्थाबारे छलफल गर्न कांग्रेसको बैठक आज

बुधबार, भदौ ११, २०७६



काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज(बुधबार) दिउँसो दुई बजे बस्ने भएको छ ।  बैठकमा भातृ संस्थाबारे छलफल हुने बताइएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा बसेको बैठकमा भातृ संस्थाबारे प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा बैठकमा छलफल हुनेछ ।

कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएपछि ति संस्थाहरु निष्कृय छन् ।

कांग्रेस निकट नेविसंघ गत माघदेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन् ।

सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । केन्द्रीय समितिको बैठकपछि देउवाले नेविसंघको नेतृत्व तोक्ने सम्भावना रहेको बताइएको छ ।

कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ । बैठकमा पार्टीको १४ औं महाधिवेशन, अन्तरिम संरचना गठन, दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि शुरु हुने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata