सुजाता निवासमा पौडेल–कोइराला समूहको ‘गुट भेला’

मङ्लबार, कार्तिक २७, २०७५



काठमाडौं  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको एक हप्तापछि नै रामचन्द्र पौडेलसहित नेतृत्वसँग असन्तुष्ट नेताहरु भेला भएका छन् । कांग्रेस नेतृ सुजाता कोइरालाको निवासमा आइतबार बिहान भएको बैठकमा रामचन्द्र पौडेलसहित शेखर कोइराला, सशांक कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी सहभागी थिए ।

अनौपचारिक रुपमा आह्वान भएको यस बैठक मूलतः अनौपचारिक छलफलमा केन्द्रित थियो । नेतृ सुजाता कोइरालाले आह्वान गरेपछि नेताहरु मन्डिखाटारस्थित सुजाता निवासमा पुगेका हुन् ।

नेतृ कोइरालाले बोल्न नचाहेको बताए पनि अन्नपूर्णसँग उनले ‘एक लन्च मिटिङ’ भएको जानकारी दिइन् । यस क्रममा पार्टी सभापति शेरबहादुर देउवाले आफूखुसी निर्णय गरेको गुनासो सुजाताले गरेकी थिइन् ।

स्रोतका अनुसार सुजाताले उपसभापतिमा विजयकुमार गच्छदारलाई नियुक्ति गर्नु आपत्तिजनक काम भएको विषय उठाएकी थिइन् । अन्य नेताहरुले समेत सभापतिको निर्णयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यसअघि पनि सुजाता कोइरालाले पार्टीको आन्तरिक विवादबारे छलफल गर्न भन्दै शेखर र सशांक कोइरालालाई एक बिहान आफ्नै निवासमा बोलाएर छलफल गरेकी थिइन् । अन्नपूर्णपोष्टबाट

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank