कांग्रेस बैठक आज, यस्ता एजेण्डा

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं  । नेपाली कांग्रेस केन्द्रयि कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा महासमिति बैठक र विधानका विषयमा छलफल हुनेछ । ५ देखि ९ मंसिरका लागि तय महासमिति बैठक समयभित्रै गर्न नसक्ने भएपछि नेपाली कांग्रेसले केही साता सार्ने गरी नयाँ मितिको तयारी गरेको छ । नयाँ संरचनाअनुसारको पार्टीको विधानलाई तयार गरिरहेको कांग्रेसले विधानभित्रका कतिपय विषयमा नेताहरुबीच असहमति कायम रहेपछि महासमिति नै सार्ने तयारी गरिएको हो ।

नयाँ विधानमा नेतृत्वको अधिकार, निर्वाचन प्रणाली, पार्टी सदस्यता, केन्द्रीय समितिको आकारलगायतका विषयमा नेताहरुबीच असहमति रहँदै आएको छ ।

त्यसकारण, पूर्वनिर्धारित बैठक केही साताका लागि सर्न सक्ने संकेत गत शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले दिएका थिए । कांग्रेस संस्थापन पक्ष नयाँ विधानमा सभापतिलाई हालको विधानमा रहेभन्दा केही अधिकार थप गर्ने पक्षमा छ भने इतर पक्ष भएको व्यवस्थालाई समेत घटाएर अघि बढ्ने पक्षमा छ ।

यस्तै, पार्टीका विभिन्न विभागको पूर्ति पनि निर्वाचनमार्फत नै हुनुपर्नेमा संस्थापनइतर पक्ष रहँदै आएको छ ।

नेता अर्जुननरसिंह केसीले नयाँ विधान बनाउँदा पदाधिकारीसहित विभागहरुको पूर्ति पनि निर्वाचनमार्फत नै गरिने गरी विधानमा व्यवस्था गरिनुपर्ने बताए । यसअघि नेपाल विद्यार्थी संघको विधान संशोधन प्रक्रियालाई लिएर २१ असोजमा बसेको केन्द्रीय समिति बैठकबाट नेताहरुबीच विवाद सुरु भएको थियो । बैठकमा महासमिति बैठक, विधान मस्यौदा समितिले तयार पारेको पार्टीको विधान मस्यौदा, नेविसंघ महाधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank