कांग्रेसमा महामन्त्री कोइरालाले देउवालाई छाडे, सिटौलालाई समेटेर नयाँ मोर्चा

मङ्लबार, भदौ १९, २०७५



काठमाडौं । नेपाली कांग्रेसमा समिकरण फेरबदल भएको छ । महामन्त्री शसांक कोइराला सभापति देउवालाई छाडेर सिटौला समुहको नजिक पुगेका छन् । तर उनी सिटौलालाई भन्दा आफु त्यो समुहको नेता हुनेगरि रणनीतिमा लागेका छन् । केहीदिनअघि बिराटनगरमा महामन्त्री कोइराला, नेता शेखर कोइराला र सुजाता कोइरालाले नेतृत्वका लागि कोइराला परिवारभित्रबाट पहल गर्ने सार्वजनिक गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर कडा आलोचना गरिरहेका महामन्त्री कोइराला कांग्रेसको १४औँ महाधिवेशनमा आफु अगाडी आउने रणनीतिमा लागेको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार उनले नेता सिटौलासँग भदौभित्र दुईपटक छलफल गरेका छन् ।

भदौ २ गते बिराटनगरमा भएको एउटा सार्वजनिक कार्यक्रममा कोइराला दाजुभाइ र पूर्वमहामन्त्री कृष्ण सिटौला एउटै मञ्चमा देखिएको थिए । उपस्थितिको पनि खास अर्थ रहेका ती नेताले दावी गरे । विगतमा गिरिजाप्रसाद कोइरालाका प्रियपात्र रहेर शान्ति प्रक्रिया तथा गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला पछिल्लो समय कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका छन् ।

सिटौला र कोइराला परिवार एक ठाउँमा आएको खण्डमा सिटौलाको स्थान के हुने भन्नेमा गहिरो गरि छलफल गर्नुपर्ने देखिन्छ । सिटौला यसअघि नै सभापतिको दावेदार भइसकेका छन् । सिटौलालाई सम्मानजनक हैसियतमा राख्नेगरि सभापति महामन्त्री कोइराला आउने तयारीमा छन् । सम्मानजनक हैसियत के हुने अहिले निधो भइनसकेको ती नेताले बताए । कांग्रेसमा देउवाको कार्यकाल डेढ वर्ष बाँकी छ ।

1000 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank