सरकारको विरोधमा ७७ वटै जिल्लामा कांग्रेसको प्रदर्शन

मङ्लबार, साउन १५, २०७५



काठमाडौँ । कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन भएका हुन् ।

सरकार अधिनायकवादउन्मुख बन्दै गएकाले सचेत गराउन विरोध प्रदर्शन गरिएको कांग्रेसको दावी छ । संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन आनाकानी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारी गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाए ।

‘देशदेखि विदेशसम्मबाट सरकारमाथि दबाब बढाउन कांग्रेसले एउटै मितिमा विरोध प्रदर्शनको तयारी गरेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।

विदेशमा अगस्ट १ देखि ३ तारिखसम्म सरकारविरोधी प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank