भारतीय सांसद कीर्तिको अभिव्यक्ति नेपालीको स्वाभिमानमाथि ठाडो प्रहारः कांग्रेस

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेको बेला भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत् गरेको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै भनेका छन् ‘दुई देश बीच सदियौं देखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ । भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’

स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विज्ञप्तीमा उल्लेख छ । ‘यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

68 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank