कांग्रेसमा देउवा ‘भर्सेस’ पौडेल समुह, कोइराला परिवार मौन

सोमवार, चैत्र १२, २०७४



काठमाडौं  । नेपाली कांग्रेसले चुनावी समिक्षा आजदेखि फेरि सुरु गर्दैछ । चुनाव सकिएको चार महिनापछि शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई रोकेर फेरि बस्न लागेको हो । बैठक सुरु भएको पहिलो दिन शुक्रबार तीन जनार शनिबार थप सात जनाले धारणा राखेका थिए । आज बाँकी सदस्इहरुले धारणा राख्ने कांग्रेस नेता नविन्द्रराज जोशीले जानकारी दिए । बैठक सोमबार बिहान ९ बजेपछि पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

अधिकांश केन्द्रीय सदस्यहरुले तत्काल महासमिति बैठक बोलाउन माग गरेका छन् । बैठकमा भनाई राख्ने क्रममा सभापति शेरबहादुर देउवा ‘भर्सेस’ रामचन्द्र पौडल समुह बनेको छ । सभापति देउवाका कारण नै चुनावमा पराजय भागेको पौडेल र नेता कृष्णप्रसाद सिटौला समुहको आरोप रहेको छ भने देउवा पक्षले त्यसको प्रतिवाद गरिरहेका छ ।

पौडेल र सिटौला पक्ष मिलेर संस्थापनविरुद्ध आक्रामक बन्ने रणनीतिमा छ । तर, संस्थापन पक्ष पार्टीभित्र अर्को पक्षका अनुशासन, निर्वाचनका वेला देखाएको निष्क्रियतालाई निर्वाचन परिणामसँग दाँज्ने तयारीमा छ । कांग्रेसको विरासतमा रुपमा हेरिने कोइराला परिवार भने विवादमा मौन बसेको छ ।

निर्वाचनमा पार्टी पराजय हुनुका कारण तथा अब के गर्ने भन्ने दुई खण्ड समेटेर दुई पक्षले संयुक्त लिखित प्रस्ताव ल्याउने तयारी गरेका हुन् । एउटै प्रस्ताव तयार गर्नका लागि शुक्रबार बैठक सकेपछि दुवै पक्षका नेताहरू अबेरसम्मै छलफलमा जुटेका थिए ।

208 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank